काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले राष्ट्रिय योजना आयोगको भूमिकालाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्यांकन ऐन चाँडो आउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष डा.श्रेष्ठले यस्तो बताएका हुन् ।
राष्ट्रिय योजना आयोगको कमजोर प्रर्दशनलाई स्वीकार गर्दै डा.श्रेष्ठले आयोगको भूमिका प्रभावकारी नहुनुमा कार्यविधिमा आधारित भएर गरिएको काम कारक रहेको औँल्याएका छन् । प्रभावकारी रुपमा योजना निर्माणदेखि कार्यान्वयन गराउने विषयमा आयोगको कमजोर अनुगमनलाई सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘योजना आयोगको भूमिका अनुगमन तथा मूल्यांकनमा हो । कमजोर भूमिका भयो भनेर त्यसलाई बलियो बनाउनका लागि पहिला कार्यविधिबाट काम गर्दै आएका थियौँ तर त्यो सशक्त हुन सकेन ।’, उनले भने, ‘अहिले अनुगमन तथा मूल्यांकन ऐन नै संसदमा छलफलको क्रममा छ । ऐन आयो भने राष्ट्रिय योजना आयोगले गर्ने अनुमगमन मूल्यांकनमा अहिलेको अवस्था रहँदैन् ।’
त्यस्तै, उनले नेपालमा संरचनागत समस्याले जरा गाडेर बसेको अवस्थामा अझै एक दशक बढी योजनाबद्ध विकासको आवश्यकता रहेको उल्लेख गरेका छन् । आयोगको १६औँ योजनामा डिजिटल डेटावेस र ई–गर्भनेन्समा फड्को मार्ने गरी धेरै कुराको सम्बोधन गर्ने पनि श्रेष्ठले बताएका छन् । उनले आयोगले १५औँ योजनामा तय गरेका लक्ष्य पुरा हुन नसकेको स्वीकार्दै अघिल्ला योजनाहरुमा आर्थिक विकासको लक्ष्य हाँसिल गर्न नसके पनि सामाजिक विकासका लक्ष्य पुरा गर्नमा आयोग सफल भएको दाबी गरेका छन् ।
१५औँ योजनाको लक्ष्य पूरा गर्न नसक्नुमा कोभिड महामारी, रुस–युक्रेन युद्धले अर्थतन्त्रमा पारेको नकरात्मक असर, अन्तर सरकारी निकायको बीचमा समन्वयन अभाव रहेको श्रेष्ठको भनाई रहेको छ । उनले आगामी १६औं योजनामा भने विकासले फड्को मार्ने गरी काम हुने दाबी गरेका छन् । ‘अहिलेको हाम्रो मुख्य चुनौति भनेको समस्या पहिचान थियो, जुन भईसकेको छ ।’, उनले भने, ‘समाधानको लागि कुरामात्र हैन रिजल्ट देखिने गरी काम गर्न सकिने खालको रणनीति र कार्यक्रमहरुको खोजीमा छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्