×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व वातावरण दिवसको अवसरमा मुक्तिनाथ फाउन्डेशनद्वारा वृक्षारोपण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विश्व वातावरण दिवसको अवसरमा मुक्तिनाथ फाउन्डेशनद्वारा वृक्षारोपण

Artha Sarokar

२३ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा मुक्तिनाथ फाउन्डेशनद्वारा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं १ मा निर्माणाधिन शान्ति पार्कमा एभोकाडो फलफुलको विरुवा वृक्षारोपण गरिएको छ । हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण दिवसमा यस वर्षको नारा #Beat Plastic Pollution रहेको छ ।

टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेशनको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रम मुक्तिनाथ विकास बैंक लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि. र रोयल बहुउद्देश्यिय सहकारी संस्थाको सहयोगमा संचालन भएको थियो ।

कार्यक्रमा टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडा नं १ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यस्तै मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेशनका संचालक, मुक्तिनाथ समुह र रोयल सहकारीका अध्यक्ष, संचालन, प्रमुख कार्यकारी अधिकृत लगायत उल्लेख्य रुपमा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

टोखा नगरपालिका वडा नं १ का वडा अध्यक्षले पार्कको संरक्षणमा सरकारको साथ साथै स्थानिय बासिन्दा र सबैको साझा दायित्व रहेको बताएका थिए । साथै, कार्यक्रमा सहकार्य गरेकोमा मुक्तिनाथ फाउन्डेशन र सम्बद्ध सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमा टोखा नगरपालिकाका नगर प्रमुखले नगरलाई हरियालि बनाउँदै स्वच्छ र सफा नगर बनाउने दिर्घकालिन योजना रहेको बताउँदै यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताए । साथै मुक्तिनाथ समुहलाई फोहोर व्यवस्थापन र अन्य साझा कार्यक्रममा पनि सहकार्य गर्न पहल गर्ने बताएका थिए।

साथै, मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष ढकालले, वातावरण संरक्षण र प्रबर्द्धन सम्बन्धि अभियानमा यहि २० गते बाग्मती सफाई महाअभियानमा सहभागि हुँदै शुरु गरेको र आगामी ५ वर्षमा फाउन्डेशनको अगुवाइमा तथा मुक्तिनाथ समुह सहित विभिन्न सरकारी र गैर सरकारी निकायको सहकार्यमा कम्तीमा १० लाख भन्दा बढि फलफुल तथा काष्ठजन्य विरुवाहरुको रोपण गर्ने लक्ष्य राखेको बताए । यसले वातावरण संरक्षणको साथै खालि रहेको जग्गाको सदुपयोग गर्दै कृषक र स्थानिय वासिन्दाहरुलाई विभिन्न आम्दानीको श्रोतहरु उपलब्ध हुने उल्लेख गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी