×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र नेपाल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, अवदेखि बैंकमा सिधैं रेमिट्यान्स् प्राप्त गर्न सकिने

PRIME CA
GLOBAL IME BANK

नबिल बैंक र नेपाल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, अवदेखि बैंकमा सिधैं रेमिट्यान्स् प्राप्त गर्न सकिने

१५ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिने छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स् हेड मनिषा श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

सम्झौतासंगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव बहादुर थापाले जानकारी दिए ।

नबिल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा २ सय ५५ शाखा कार्यालय, २ सय ८३ एटीमए नेटवर्क, विप्रेषण एजेन्ट र अधिक पीएसओ टर्मिनल्सबाट सेवा उपलब्ध गराइरहेको छ । बैंकको १ सय ७० अन्तर्राष्ट्रिय बैंकहरुसँग सहकार्य रहदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: