काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताएका छन् । मंगलवार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई रुटको विषयमा भारत र नेपाल सरकारबीच छलफल भइरहेको बताएका हुन् ।
दुवै देशको सरकारबीच हवाई रुटबारे भइरहेको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र सकारात्मक नतिजा आउने पनि भारतीय राजदुत श्रीवास्तवले प्रतिवद्धता व्यक्त गरेका छन् । योसँगै उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको पनि बताएका छन् ।
‘दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौँ । हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौँ ।’, उनले भने, ‘यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ ।’
त्यस्तै, योग दिवसको अवसरमा उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुशीको विषय भएको समेत बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्