×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडाद्धारा सिप तथा क्षमता विकास इकाई गठन, प्राविधिकहरूको सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्य

PRIME CA

नाडाद्धारा सिप तथा क्षमता विकास इकाई गठन, प्राविधिकहरूको सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्य

२९ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नाडाले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको सिप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे जाने उद्धेश्यले सिप तथा क्षमता विकास इकाई समेत गठन गरेको छ ।

नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदसिय इकाई गठन गरेको थियो । विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले यही २०८० जेष्ठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको थियो ।

उक्त कार्यशाला गोष्ठिमा विद्युतिय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघका पाठ्यक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले सो गोष्ठिमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।

साथै, गोष्ठीमा महासंघ अन्तर्गत रहेको इ.एल.एम.यस का टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको सो वर्कशप गोष्ठिको लागि नाडाका उपाध्यक्ष, विद्युतिय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए ।

यस किसिमको वर्कशप गोष्ठीबाट नाडाले विद्युतिय सवारी साधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ । त्यसैगरी नाडाले महासंघसँगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दै जाने लक्ष्य समेत लिएको छ ।

यसै क्रममा नाडाले अटोमोवाइल वर्कशपमा कार्यरत मेकानिक्सहरुको शीप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको इनसियोरसँग पनि छिट्टै सम्झौता पत्रमा हस्ताक्षर गर्न तयारी गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: