काठमाडौं । काठमाडौंका फिल्म हलहरुबाट महानगरले नगर प्रहरी फिर्ता गरेको छ । कुनै पनि अवस्थामा काठमाडौंका हलमा हिन्दी फिल्म चल्न नदिने भन्दै कोठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले बिहीबार महानगरभित्रका हलहरुमा १०/१० जना नगर प्रहरी खटाएको थियो । तर, शुक्रबार बिहानै महानगरले सबै हलहरुबाट नगर प्रहरी फिर्ता बोलाएको हो ।
शुक्रबार बिहानदेखि महानगरका सबै हलहरुबाट नगर प्रहरी फिर्ता भएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले पुष्टी गरेका छन् । ‘हिन्दी फिल्मलाई नेपाली जनताले नै बहिष्कार गरेको अवस्था छ ।’, उनले भने, ‘अब नेपाली जनताले नै फिल्म बहिष्कार गरेपछि हामी हलमा बस्नै परेन ।’
यसअघि मेयर बालेन शाहले काठमाडौंका हलमा हिन्दी फिल्म ‘ब्याण्ड’ गर्ने घोषणा गरेसँगै हलवालाहरु मेयर शाहविरुद्ध अदालत गएका थिए । उच्च अदालत पाटनले पनि हलवालाको पक्षमा फैसला गर्दै हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, मेयर शाहले सामाजिक सञ्जालमार्फत अदालतको आदेश नमान्ने भन्दै हिन्दी फिल्म चल्न नदिने अडान लिएका थिए ।
बालेनको सो अभिव्यक्तिलगत्तै महानगरले काठमाडौंका हलहरुमा हिन्दी फिल्मको पदर्शनी रोक्न १०/१० जना नगरप्रहरी खटाएको थियो । तर, शुृक्रबार महानगरले सबै नगर प्रहरीलाई फिर्ता बोलाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्