काठमाडौं । नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ परेका छन् । बेलायत पठानका लागि नक्कली छोरा ठहर गरी नागरिकता बनाइदिएको भन्दै प्रहरीले पूर्व बेलायती सैनिक सूर्यहाङ लिम्बुलाई पक्राउ गरेको हो ।
लेटाङ नगरपालिका ६ का ६१ वर्षीय लिम्बुले बेलायत पठाउने भन्दै तीन जनालाई नक्कली छोरा बनाएर नागरिकता दिलाएको पाइएको छ । यसरी नक्कली बुवा बनेर छोराको नागरिता बनाएर बेलायत पठाउने भन्दै लिम्बुले पैसा असुली गर्ने गरेको पनि खुलासा भएको छ ।
हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले पुष्टी गरेका छन् । दहालका अनुसार वृद्धका आफ्नै सन्तान भने दुई जना मात्रै रहेका छन् । हाल लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्