×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनकासाको आयोजनामा दोस्रो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलन २०२३ आयोजना हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनकासाको आयोजनामा दोस्रो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलन २०२३ आयोजना हुँदै

Artha Sarokar

४ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलन २०२३ आयोजना हुने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी एसोसिएसन (एनकासा)को आयोजनामा असार १४ गते (बिहीबार) सम्मेलन हुने भएको हो ।

उक्त सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने एनकासाले जनाएको छ । उक्त सम्मेलनमा लेखाकारहरुको दक्षिण एशियाली महासंघ (साफा)मा आवद्ध ८ देशका विद्यार्थीहरुको सहभागिता रहनेछ ।

उक्त सम्मेलनले अन्तरदेशीय विद्यार्थीहरुबीच सम्बन्ध स्थापित हुनुका साथै व्यक्तित्व विकासमा मद्धत पुग्ने विश्वास लिइएको छ । त्यस्तै, एनकासाले १४ असारमा आयोजना हुने उक्त सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट अध्ययनरत विद्यार्थी, अध्यापन गराउने शिक्षक र अभिभावकलाई सहभागी हुन आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी