काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजमार्फत गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका छन् । मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ सिट क्षमताको न्यारोबडीमार्फत भैरहवा अवतरण गरेका यात्रुलाई मन्त्री किरातीले विमानस्थलमै पुगेर स्वागत गरेका हुन् ।
भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपाल एयरलाइन्सले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान गरेको हो ।
नेपाल एयरलाइन्सको पहिलो व्यवसायिक उडानमार्फत भैरहवा अवतरण गरेका यात्रुहरुलाई स्वागत गर्न पाउँदा मन्त्री किरातीले खुसी व्यक्त गरे । साथै उनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रवद्र्धनका लागि आगामी दिनमा पनि विभिन्न प्याकेज तथा योजना निर्माण गर्ने जनाएका छन् ।
यसअघि निगमले जेठ पहिलो सातामा मलेसिया-भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया-भैरहवाका लागि प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ तोकेको थियो । तर, अब भने मलेसिया-भैरहवा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ भाडा रहेको निगमका सहप्रवक्ता गणेश घिमिरेले बताएका छन् ।
फोटो फिचरमा हेर्नुहोस् यात्रुलाई स्वागत गर्दै मन्त्री किरातीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्