काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजमार्फत गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका छन् । मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ सिट क्षमताको न्यारोबडीमार्फत भैरहवा अवतरण गरेका यात्रुलाई मन्त्री किरातीले विमानस्थलमै पुगेर स्वागत गरेका हुन् ।
भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपाल एयरलाइन्सले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान गरेको हो ।
नेपाल एयरलाइन्सको पहिलो व्यवसायिक उडानमार्फत भैरहवा अवतरण गरेका यात्रुहरुलाई स्वागत गर्न पाउँदा मन्त्री किरातीले खुसी व्यक्त गरे । साथै उनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रवद्र्धनका लागि आगामी दिनमा पनि विभिन्न प्याकेज तथा योजना निर्माण गर्ने जनाएका छन् ।
यसअघि निगमले जेठ पहिलो सातामा मलेसिया-भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया-भैरहवाका लागि प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ तोकेको थियो । तर, अब भने मलेसिया-भैरहवा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ भाडा रहेको निगमका सहप्रवक्ता गणेश घिमिरेले बताएका छन् ।
फोटो फिचरमा हेर्नुहोस् यात्रुलाई स्वागत गर्दै मन्त्री किरातीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्