काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने सिलसिलामा देहायका पदहरू पूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकबाट मिति २०८०/०२/२५ गते कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न आह्वान गरेको हो ।
दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्रसमेत), अनुभवका कागजात एवम् छनोट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्नेछ । त्यस्तै, म्यादभित्र दाखिला नभएको वा रित नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन ।
पद: संयोजक
आवश्यक पद संख्या: १
न्यूनतम शैक्षिक योग्यता तथा अनुभव: व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको व्यक्ति ।
पद: सदस्य
आवश्यक पद संख्या: १
न्यूनतम शैक्षिक योग्यता तथा अनुभव: व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी पास गरी न्यूनतम ५ (पाँच) वर्षको कार्यानुभव प्राप्त गरेको व्यक्ति ।
१. सेवा अवधिः १ (एक) वर्ष (आवश्यकता तथा कार्यप्रगतिका आधारमा ६ र ६ महिनाका लागि दुई पटकसम्म सेवाअवधि नवीकरण गर्न सकिने)।
२. दरखास्त दिने अन्तिम मितिमा उम्मेदवार ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
३. परीक्षाको किसिम : कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता ।
४. दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशन गरिनेछ ।
५. पारिश्रमिक तथा अन्य सुविधाहरू : संयोजकको लागि रु.१,२५,०००।- (अक्षरेपि एक लाख पच्चीस हजार मात्र) तथा सदस्यको लागि रु.१,०५,०००। (अक्षरेपि एक लाख पाँच हजार मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ । दसैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ । सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन ।
६. काम गर्नुपर्ने कार्यालय : सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङ ।
७.दरखास्त फाराम छनोट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।
८. दरखास्त पेस गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा सोको पछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ ।
९. दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण, व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनोट समितिको सचिवालयबाट उपलब्ध हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्