×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहिंशा र राठीको घटनाः अपहरण वा आपसी लेनदेन तथा मनमुटाव ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सहिंशा र राठीको घटनाः अपहरण वा आपसी लेनदेन तथा मनमुटाव ?

Artha Sarokar

२९ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं । नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (सहिंशा सिद्धिकी)लाई जिल्ला अदालत मोरङले ५ महिना अघि प्रहरीको हिरासतमा हुँदै पुर्पक्षको निम्ती थुनामा राख्न विराटनगरस्थित कारागार पठाएको अवस्था छ । दुई साझेदारबीच भएको आपसी मातभेदको कारण अहिले सिद्धिकी कारागार चलान भएका छन् । नेपाल टाइम्सका साझेदार अरुण राठीले प्रहरीमा दिएको जाहेरीअनुसार सिद्धिकीले उनलाई चुनाबी भिडियो बनाउने बाहनामा २०७९ मंसिर १४ गते अपहरण गरि शरिर बन्धक बनाई फिरौती लिएको अभियोग लागेको छ ।

जबकी सिद्धिकीको भनाइअनुसार चुनावताकाको नेकपा एमालेको तर्फबाट प्रदेश १ को प्रदेशसभाको समानुपातिकका उम्मेदवार अरुण राठीले बाराम्बार उनीलगायत उनी निकटका संगठनका उम्मेदवारहरुलाई नेपाल टाइम्सलाई समर्थन र प्रवद्र्धन गर्न दबाब दिनुका साथै, विपक्षी पार्टीका उम्मेदवारलाई बदनाम गर्न दबाब दिँदा, आफ्नो मिडियाले कसैको पक्ष वा विपक्ष लिन अस्वीकार गरेप्रश्चात राठीले या त मिडिया आफ्नो बनाउने, अन्यता सिध्याई दिने धम्की दिएको बताउँछन् । चुनावमा राठीलगायत संगठनले अपेक्षित नतिजा ल्याउन नसकेको कारण त्यसको रिस आफु र आफ्नो संस्थासँग पोखेको सहिंशाको भनाई छ ।

यी दुई व्यक्तिबीच के कुरा भयो भन्ने कुरा उनीहरुलाई नै थाहा छ । तर हामीले सरसर्ती हेर्दा अपहरण भएको भनिएको घटनाको ५ दिनपछि (२०७९ मंसिर १८ गते) मात्र राठीले प्रहरीमा जाहेरी दरखास्त दिउको देखिन्छ भने, प्रहरीले सहिंशाविरुद्ध उजुरी परेको खबर गरे लगत्तै नेपाल टाइम्सका सम्पादकसँग जिल्ला प्रहरी कार्यलय पुगी घटनाबारे प्रहरीसँग आवश्यक छलफल गरी फर्किएको देखिन्छ ।
प्रहरीले सहिंशालाई पक्राउ गरेको भनाई बाहिर आए पनि १५ डिसेम्बर अर्थात मंसिर २९ गते सहिंशा आफैले अनुसन्धानमा सहयोग गर्नको निम्ति जिल्ला प्रहरी कार्यालयमा उपस्थित भउको भनि फेसबुकमा स्टाटस लेखेको अहिले पनि देख्न सकिन्छ ।

सहिंशासँगै पक्राउ परेका चिखुभाई अजय भन्ने जयकुमार रानामगरका ड्राइभर १ लाख रुपैयाँ धरौटीमा छुटे । उनले प्रहरी र अदालतमा फरक बयान दिएको देखिन्छ । प्रहरीसमक्ष उनले दिएको बयानअनुसार सहिंशाको आदेशमा आफुले अरुण राठीको हात र सहिंशाले खुट्टा बाँधीसकेपछि आफुलाई सहिंशाले अर्को कोठामा पठाएको र पछि सहिंशाले बोलाएर अरुण राठीलाई बाँधेको तार खोल्न लगाई अरुण राठी र सहिंशा स्कुटीमा चढेर पुनः नयाँ कार्यालयतर्फ गएको बयान दिएका छन् ।

यता अदालतमा वकिसँगको सोधपुछमा भने ‘वारदात मितिमा आफुले अब्दुल खताबको गाडी चलाएको, तथा अरुण राठी र सहिंशा सिद्धिकी स्कुटीमा आएर अफिसमा बसी कुराकानी गरेको तर आफू अफिस कोठाभित्र गइन भनि फरक प्रकृतिको बयान दिएको देखिन्छ ।

सीसीटिभी फुटेजलाई नियालेर हेर्दा कुनै किसिमको अप्रिय घटना घटेको वा राठीले भनेअनुसार अपहरण नै गरेर अंगभंग भएको अवस्था मससुस हुँदैन । फुटेजभरी अपहरणको आरोप लागेका सहिंशा अघिअघि, अपहरणमा परेको भनिएका अरुण राठी पछिपछि हिँडेको, मोबाइल चलाउँदै गरेको र दुवै जना स्कुटरमा सवार गरी पुरानो र नयाँ कार्यालय परिसरभित्र छिरेको र बाहिर निस्किएको सामान्य अवस्था देख्न सकिन्छ । अपहरण गरी फिरौती मागेको भनेका राठीले सहिंशालाई आफ्नो कारभित्र बसी केही दिएको सीसीटिभी फुटेजमा देखिन्छ, जुन अरुण राठीले सहिंशालाई १५ लाख फिरौती चेक दिएको भन्ने जाहेरीमा उल्लेख छ ।

यतिका ठूला व्यापारी, त्यसमा पनि देशै ठूलो राजनीतिक दल नेकपा एमालेको तर्फबाट प्रदेश १ को प्रदेशसभाको समानुपातिकका उम्मेदवार, जसको पछाडी पहुँच, शक्ति र पहिचान भएको जानकारी हुँदाहुँदै पनि सहिंशाले यति हल्का रुपले अपहरण गरी, शरिर बन्धक बनाई कुटपिट गरेर दिउँसै मानिसहरुको चहलपहल भएको बाटोको बीचमा बसेर राठीबाट फिरौती रकम स्वरुप चेक लिए भनेर भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

त्यसमा पनि १० लाख भन्दा बढी फलोअर भएको, नाम चलेको मिडिया, जसले १०–१२ जनालाई स्थानीय तहमा राम्रो रोजगारीको अवसर सृजना गरेको छ, त्यसको संस्थापकले १५ लाखका लागि आफ्नो नाम र आफ्नो संस्थाको नाम बदनाम गर्ने जोखिम लिन्छ कि लिँदैन भन्ने विषय सोचनीय छ ।

राठीले चेक सहिंशाको नाममा नभएर नेपाल टाइम्सको नाममा दिएको देखिन्छ, जुन कम्पनीका निर्देशक उनी आफै देखिन्छन् । यसको अर्थ सो रकममा राठीको पनि हबदाबी देखिन्छ । नेपाल टाइम्सले उक्त चेक सोही दिन बैंकमा जम्मा गरेको छ भने सहिंशाले खाताबाट ११ लाख झिकेको देखिन्छ । उक्त रकममध्ये ३ लाख कार्यालय खर्च भुक्तानीको निम्ति निकालेको र ८ लाख अर्को दिन आफ्नो तलबस्वरुप पैसा निकालेको उनी बताउँछन् । लामो समयदेखि आफुले तलब नलिएकोले सो ८ लाख तलब स्वरुप निकालेको र कारको किस्ता तिरेको सहिंशाको भनाई रहेको छ । सहिंशाले तलब र भत्तास्वरुप मासिक १ लाख भुक्तानी लिँदै आएको व्यहोरा पत्रमा स्वयम् अरुण राठीले दस्तखत गरेको २०७९/४/१ को नेपाल टाइम्सको पत्रमा देखिन्छ ।

आफू निर्दोष भएको जनाउँदै सहिंशाले जेलबाट नै धेरैपटक राठीलाई केस मिलाइदिन आग्रह गरेका थिए । सहिंशाले गरेको अपराधको सजाय भोगिसकेको र कसैको भविष्य बिगार्ने किसिमको नियत आफ्नो नभएकोले, पाउनुपर्ने रकम वा चेक आफूले पाएको खण्डमा सहिंशा कारागारमुक्त हुँदा आफूलाई गुनासो नरहने कुरा राठीले उनको घरमा मसँग छलफल हुँदा बताएका थिए । यही विषयलाई लिएर सहिंशाको भाई सम्श सिद्धिकीले बकपत्र गर्नुअघि २ पटक गरी २ लाख बुझाएको मेरो जानकारीमा छ, जसमा एकपटक म स्वमय आफै सहिंशाको भाईको अनुरोधमा अरुण राठीको घर गएको बेला राठीले सहिंशाको कान्छो भाइबाट १ लाख नगद बुझेका थिए ।

अरुण राठी र सहिंशाबीच के भयो भन्ने कुरा यी दुवैलाई मात्र थाहा छ । तर, घटनालाई सर्वसाधारणको नजरीयाले हेर्ने हो भने यो कुनै अपहरण र आपराधिक घटना भन्दा पनि आपसी लेनदेन र मनमुटावको घटना महसुस हुन्छ । जुन विषय आपसी छलफलबाट सुल्झाउन सकिने थियो होला ।

यदी सहिंशाले राठीले भने अनुसार घटना घटाएका हुन् सबुत प्रमाणले त्यो कुरा प्रमाणित हुन्छ भने निशन्देहः पनि उनी कानुन बमोजिम सजायको भागेदार हुनुपर्छ । तर, सहिंशामाथि लागेको अभियोग उनले घटाएको पुष्टी हुँदैन र उनको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण, पक्षमा बोलिदिने र उभिदिने कोही नभएकै आधारमा उनी जेल पर्नु न्यायसंगत हुँदैन । किनकी यसले केही गर्छु भन्ने युवाको भविष्यलाई अन्धारमा धकेल्नुको साथै एउटा स्थापित र निश्पक्ष हाउसलाई धरासायी बनाउने निश्चित छ । राज्य र यसका संयन्त्रहरुको उत्पत्ति बलियाबाट कमजोरलाई बचाउनाका निम्ति स्थापना गरिएको हो । कमजोर भएकै कारण कोही अन्यायमा पर्नु हुँदैन र पहुँच र शक्ति भएकै भरमा न्याय उसको पक्षमा हुनुपर्छ भन्ने हुँदैन । आशा छ सत्य र न्यायको जित हुनेछ । (लेखक: बसन्त अधिकारी)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी