काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण र सञ्चालनको प्रक्रिया रोक्ने अर्थ समितिको निर्णयको प्रतिवाद गर्दै न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले अर्थ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणका लागि सर्वोच्च अदालतले नै मार्ग प्रशस्त गरेको अवस्थामा न्यूनतम मापदण्ड पूरा भएको वा नभएको छानबिन गर्नुपर्ने भन्दै अर्थ समितिले तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएपछि न्यु स्टक ब्रोकर एशोसिएसनले अर्थ समितिलाई ज्ञापन पत्र बुझाएको हो ।
पूँजी बजार सुधारमा ‘कोसे ढुँगा’ साबित हुन्छ भनिएको नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण र सञ्चालनको प्रक्रिया रोकेर अर्थ समिति पूँजी बजार विकासको बाधक बनेको भन्दै हाल उक्त निर्णयको चौतर्फी विरोध भईरहेको छ । यसैबीच न्यू ब्रोकर एशोसिएसनले पनि उक्त निर्णय पूँजी बजार र लगानीकर्ताको हित विपरित भएको भन्दै निर्णय सच्याउन अर्थ समितिमा ज्ञापन पत्र बुझाएको हो ।
‘सम्माननीय अर्थसमितिलाई तोकिएको काम, कर्तव्य र अधिकार भन्दा बाहिर गई केही सीमित सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी तिनीहरुको सिण्डिकेटलाई कायम गर्न मद्दत पुग्ने गरी करीब आधा करोड लगानीकर्ताहरुको आशा र विश्वासको विपरीत बजारको विकास र विस्तारलाई रोक्ने उद्देश्यले नेपाल सरकार, अर्थमन्त्रालय, धितोपत्रबोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जारी निर्देशनले नेपालको पूँजी बजारमा भएको यत्ती ठूलो प्रगतिलाई रोक्ने भएको हुँदा यस्तो पूर्वाग्रह पूर्ण निर्देशनलाई तुरुन्त खारेज गर्न अनुरोध गर्दै सम्माननीय अर्थ समितिलाई निम्न विषयहरु उपर गम्भीरताका साथ लिई दिनु हुन एवं संघीय संसद अन्तरगतको यस समितिबाट नेपालको पूँजीबजार सुधार तथाबजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व प्रदान गरिदिनु हुनका लागि हामी हार्दिक आग्रह गर्दछौं ।’- एशोसिएसनले समितिमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
यस्तो छ अर्थ समितिमा बुझाइएको ज्ञापन पत्रः




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्