काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको QR Merchant Activation योजना सार्वजनिक गरेको छ ।
डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुन सक्ने बैंकले जनाएको छ ।
देशभर २ लाखभन्दा बढी मर्चेन्टहरू माझ उपस्थिती जनाइसकेको बैंकले क्युआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको छ ।
यस योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट रु.२ हजार बराबरका १० वटा ह्याम्पर, Tricot Industries को तर्फबाट ५-५ हजार बराबरको १०० वटा भौचर, Hard Rock Café को तर्फबाट १० वटा Non-Veg BBQ को भौचर, बिग डिजिटलको तर्फबाट एक-एक Rice Cooker, Breakfast Maker तथा Hand Blender र सिजी डिजिटलको तर्फबाट एक-एक थान Mixer Grinder, Induction Cooker तथा Dry Iron को व्यवस्था गरिएको छ ।
साथै, बैंकले Tranquility Spa को तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक-एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई-दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५-१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई-दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ ।
यसरी उपलब्ध फाइदाहरु बैंकले २०० मर्चेन्टहरूलाई निजहरुको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् । यसै योजना अनुसार बैंकले राखेको Fonepay QR कोडमार्फत असार मसान्तसम्ममा पहिलो QR भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एक पटक वा पटक पटक गरी रु. २०० भन्दा माथिको भुक्तानी लिँदा कुल रु. १०० क्यासब्याक प्राप्त गर्न सकिने छ ।
बैंकको क्युआर मर्चेन्ट बन्न चाहने इच्छुक व्यवसायी तथा कम्पनीहरूले बैंकको वेबसाइट भित्र Apply Now आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरूमध्ये Be a merchant बाट अनलाईन आवेदन दिन सकिनेछ । मुलुकमा भुक्तानीको माध्यम विस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच बैंकको यस मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्