×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १६ गते नर्भिकमा कार्डियोलोजीको फ्रि ओपिडी हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

असार १६ गते नर्भिकमा कार्डियोलोजीको फ्रि ओपिडी हुने

Artha Sarokar

१३ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार(असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ ।

गत शनिवार (असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो । सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिवार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो ।

शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ । निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ ।

नेपालीहरुमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ । यही कुरालाई मध्यनजर गरी फ्रि कार्डियोलोजी ओपिडी सञ्चालन भइरहेको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी