×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले घटायो हवाई इन्धनको मूल्य, भाडादर घट्ला ?

PRIME CA
GLOBAL IME BANK

सरकारले घटायो हवाई इन्धनको मूल्य, भाडादर घट्ला ?

६ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रुपैयाँप्रति लिटर) ले घटेको छ ।

मूल्य समायोजनप्रश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्यप्रति लिटर ३ दशमलव ६९ रुपैयाँले सस्तो भएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ । इन्धनको मुल्य घटेसँगै हवाई यात्रा पनि केही सस्तिनेमा नागरिक आशावादी छन् ।

हवाई इन्धनको मूल्य घट्दा पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: