×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगमले तिर्यो आईओसीको २४ अर्ब ऋण, एक वर्षमा १७ अर्ब नाफा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल आयल निगमले तिर्यो आईओसीको २४ अर्ब ऋण, एक वर्षमा १७ अर्ब नाफा !

Artha Sarokar

१३ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)लाई तिर्नुपर्ने ऋण चुक्ता गरेको छ । निमगले आईओसीलाई तिर्नुपर्ने २४ अर्ब रुपैयाँ ऋण तिरेको हो ।

१४ महिनादेखि तिर्न बाँकी रहेको २४ अर्ब ऋण जुन २३ तारिखमा आईओसीलाई तिरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन् । ठाकुरका अनुसार ऋणको सम्पूर्ण साँवा रकम तिरे पनि अब ब्याजवापतको ४५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । उक्त रकम पनि जुलाई ८ तारिखमा तिरिसक्ने ठाकुरले बताएका छन् ।

निगमले एक वर्षमा १७ अर्ब रुपैयाँ नाफा कमाएको थियो । सो नाफामा मूल्य स्थिरीकरण कोषको साढे तीन अर्ब र सरकारबाट भ्याटवापत फिर्ता आएको साढे तीन अर्ब रकम जोडेर ऋण तिरेको निगमले जनाएको छ । असारमा थप एक अर्ब रुपैयाँ नाफा हुने निगमको अनुमान रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी