काठमाडौं । मिटरब्याजमा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महर्जनबाट ३० लाख रुपैयाँ सापटि लिएर १ करोड २६ लाख रुपैयाँ बुझाउँदा पनि ऋण चुक्ता नभएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा आइतबार महर्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् ।
पक्राउ परेका महर्जनलाई ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताएका छन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार ज्ञानेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख रुपैयाँ सापटी दिएका थिए । तर, आफुले लिएको ३० लाखको साँवा, ब्याज गरी १ करोड २६ लाख रुपैयाँ बुझाउँदा पनि ऋण चुक्ता नभएपछि मनोज प्रहरीमा पुगेको हुन् ।
पक्राउ गरेपछि ज्ञानेन्द्रको घरमा खानतलासी गर्दा प्रहरीले सात करोड २८ लाख ७७ हजार मूल्य बराबर विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरेको छ । ज्ञानेन्द्रको घरमा फेला परेका केही तमसुक वडामा समेत प्रमाणित गरिएको छ भने केहीको भने म्यान नाघिसकेको छ । त्यस्तै, उनको साथबाट एक करोड ३४ लाख उल्लेख भएको ३२ थान विभिन्न बैंक तथा सहकारीको चेक, ६ थान चेकबुक तथा लालपुर्जासमेत बरामद गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्