×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवास प्रकरणः तत्कालीन सहसचिवसहित ४ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ललिता निवास प्रकरणः तत्कालीन सहसचिवसहित ४ जना पक्राउ

Artha Sarokar

१२ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ललिता निवास प्रकरणमा थप ४ जना पक्राउ परेका छन् । मंगलबार ललिता निवास प्रकरणका मुख्य योजनाकार भनिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेलगत्तै प्रहरीले थप ४ जनालाई पनि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी रहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) स्रोतले जनाएको छ ।

२०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए । उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी