काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।
आयल निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर ३७ पैसा बढेर आएको छ । हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर एक सय ७५, डिजेल मट्टितेल प्रतिलिटर एक सय ५५, हवाई इन्धन एक सय ६० रुपैयाँ र खाना पकाउने ग्याँस प्रति सिलिण्डर १८ सय रुपैयाँ रहेको छ ।
हाल भारतबाट आउने इन्धनमा मूल्य वृद्धि भए पनि नेपालमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हालसम्म मूल्य यथावत् राख्नेबारे छलफल भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्