×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा प्रचण्ड-मोदी वार्ता: नेपाललाई फाइदा हुने थुप्रै सम्झौता (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

भारतमा प्रचण्ड-मोदी वार्ता: नेपाललाई फाइदा हुने थुप्रै सम्झौता (फोटो-कथा)

१८ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गरेका छन् । बिहीबार भारतको प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तालगत्तै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।

त्यस्तै, नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । पेट्रोलियम पाइपलाईन, क्रस बोर्डरको विषय लगायतमा दुईपक्षीय सम्झौता भएको छ । पेट्रोलियम पाइपलाइन विस्तार,तल्लो अरुण, फुर्कोट कर्णाली, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।

त्यसैगरी, दुई देशका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा हरियो झण्डा देखाएर उद्धघाटन गरेका थिए । बाँकि तस्बिरमा हेर्नुहोस : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: