काठमाडौं । पोखरा महानगरपालिकाले पनि हिन्दी फिल्ल प्रदर्शनमा रोक लगाएको छ । आइतबार काठमाडौं महानगरपालिकाले ‘आदिपुरुष’सहित अन्य हिन्दी फिल्लमा रोक लगाएपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।
‘आदिपुरुष’मा समेटिएको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित संवाद नसच्याइएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शन नगर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् । मेयर आचार्यले पोखरामा रहेका सिनेमा घरहरु बाराही चलचित्र मन्दिर ‘क’ र ‘ख’, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई हिन्दी फिल्म रोक्न निर्देशन दिएका हुन् ।
‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ ।’ महानगरद्धारा जारी पत्रमा उल्लेख छ । योसँगै अव सोमबारदेखि पोखरा महानगरपालिकामा पनि हिन्दी फिल्म प्रदर्शनमा रोक लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्