×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट पायो ५० लाख डलर, विद्युतीय सवारीमा लगानी गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट पायो ५० लाख डलर, विद्युतीय सवारीमा लगानी गरिने

Artha Sarokar

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विद्युतीय सवारी साधनमा लगानी गर्न प्रभु बैंकले ५० लाख डलर बराबरको ऋण सुबिधा प्राप्त गरेको छ । बैंकले विश्व वातावरण दिवसको दिन लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट सो ऋण सुविधा प्राप्त गरेको हो ।

हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्ष अवधिका लागि उक्त ऋण सुविधा पाएको बैंकले जनाएको छ ।

लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट प्राप्त भएको उक्त ऋण सुविधा सार्वजनिक यातायात र ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिएका छन् ।

बैंकले वैकल्पिक उर्जा तथा एमएसएमई व्यवसाय प्रवद्र्धनका लागि अन्य अन्तराष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको र उक्त पहलले छिट्टै मुहुर्त रुप लिने विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी