काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।
भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड राजघाट पुगेका हुन् । महात्मा गान्धीलाई नेपालमा पनि उत्तिकै सम्मान गरिने भएकाले भारत भ्रमणमा पुग्ने नेपालका प्रधानमन्त्री गान्धीप्रति सम्मान प्रकट गर्न राजघाट पुग्ने गर्छन् । भारत सरकारले राजघाटलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गरेको छ ।
राजघाटमा राखिएको पुस्तिकामा प्रधानमन्त्री दाहालले महात्मागान्धीलाई अहिंसाका प्रवर्तक एवं शान्ति र सत्याग्रहमार्फत स्वतन्त्र भारत निर्माण गरेका व्यक्तित्व भनी टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली गएका हुन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्