काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) फोहोर व्यवस्थापनको अवलोकन गर्न इन्दोर जाने भएका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशको फोहोर व्यवस्थापनको नमूनायोग्य सहर इन्दोर जाने भएका हुन् ।
इन्दोर भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले त्यहाँको फोहोर व्यवस्थापनको अवलोकन गर्ने उनको सचिवालयले जानकारी दिएको छ । प्रचण्ड इन्दोरमा शुक्रबार दिउँसो १ बजे पुग्ने कार्यतालिका रहेको छ । इन्दोर अवलोकनपछि उनी आज राति त्यहीँ र शनिबार अपराह्न नेपाल फर्किनेछन् ।
त्यस्तै, शुक्रबार प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग भेटघाट गर्नेछन्। साँझ मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्