Skip to content
LAXMI SUNRISE BANK

श्रीमतीको स्वास्थ्य लाभको कामना गर्दै प्रचण्डले चढाए १०८ किलो रुद्राक्ष र ५१ हजार रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै भारतको एक मन्दिरमा १०८ किलो ग्राम रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाएका छन् ।

मध्य प्रदेशको भ्रमणमा क्रममा प्रचण्डले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा शुक्रबार विशेष पूजा गरेका हुन् । उनले महाकाल बाबाको गर्भगृहमा श्रीमतीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ ।

महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०८ किलो ग्राम रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

प्रचण्डकी श्रीमती सीता गम्भीर रोगको शिकार बनेकी छिन् । भारतमा लगेर उपचार गर्दा पनि उनलाई ठीक भएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK