×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकृतिको डंगुर सफा गर्ने लडाईमा छु: प्रधानमन्त्री

PRIME CA

विकृतिको डंगुर सफा गर्ने लडाईमा छु: प्रधानमन्त्री

१३ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू नेतृत्वको सरकार वर्षौदेखिका विकृतिको डंगुर सफा गर्ने युद्धमा उत्रिएको टिप्पणी बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

आफू र आफू नेतृत्वको सरकार अहिले विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाईमा लागेको भन्दै प्रधानमन्त्री प्रचण्डले सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको बताएका छन् । ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डको अभियूक्तहरु पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारी ठगहरुमाथि कारवाही सुरु भईसकेको छ ।’, उनले भने, ‘वर्षौंदेखी विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता छ ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले विकृतिका विरुद्धको लडाई अझ अगाडि बढाउने संकल्प गर्दै भने– ‘म संकल्प गर्दछु कि कुनै मूल्यमा विकृतिकाविरुद्धको यो लडाई अगाडी बढाईनेछ । लोकतन्त्र सँग आफ्ना विकृति सच्याउने सामथ्र्य पनि रहन्छ । सरकार त्यो दिशामा दृढतापूर्वक अगाडी बढेको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: