×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राम्रो काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्छौं, काममा ढिलासुस्ती गरे दण्डित पनि गर्छौं’- मन्त्री ज्वाला

PRIME CA
GLOBAL IME BANK

‘राम्रो काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्छौं, काममा ढिलासुस्ती गरे दण्डित पनि गर्छौं’- मन्त्री ज्वाला

३ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आयोजना निर्माणको काममा ढिलासुस्ती गरे कार्वाही गर्ने बताएका छन् । शनिबार निर्माणाधीन सूर्यविनायक–धुलिखेल सडक निर्माण कार्यको अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

भक्तपुरको सूर्यविनायक र काभ्रेको साँगादेखि दुई खण्डमा विभाजन गरी ठेक्का लागाईएको यो सडक खण्डमा हाल सडकका दुबै साईटमा पर्खाल निर्माणको काम भइरहेको छ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म १६ किलोमिटर लम्बाई रहेको यस सडकको बिस्तारको काम गत बर्षबाट शुरु गरिएको हो ।

करिव ८ अर्ब ४२ करोड लागतमा निर्माण भैरहेको यो सडकको तीन स्थानमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्राविधिक माधव पौडेलले जानकारी दिएका छन् । करिव ३ बर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँबायाँ ५/५ मिटरको सर्भिस लेन र २.५ मिटरको पैदल मार्ग रहने बताईएको छ ।

सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले निर्माण ब्यवसायीलाई काम समयमै सक्न निर्देशन दिदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताए । त्यस्तै, उनले यो सडक काठमाडौं उपत्यका छिर्ने प्रमुख नाकामध्ये एक भएकाले निर्माण कार्य समयमै सम्पन्न गरेर जनतालाई सुबिधा दिनुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा सडक विस्तार आयोजनाका प्राविधिक पौडेलले सरकारले निर्माण व्यवसायीको कामको रकम भुक्तानी समयमै गर्न नसक्दा निर्माण कार्यले अपेक्षाकृत रुपमा गति लिन नसकेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: