×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो’ : अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो’ : अर्थमन्त्री

Artha Sarokar

४ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् ।

सोमबार मोरङ व्यापार सङ्घको ६६औं वार्षिक साधारणसभाको उद्धघाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताएका  हुन् ।

उनले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा कुल बजेटको १७ दशमलव २५ प्रतिशत बिनियोजन गरेको छ ।

त्यस्तै, अर्थमन्त्री डा महतले मौद्रिक नीति र अर्थ नीतिमा सरकारले सुधार गर्दै जाने बताए । उनले आगामी आर्थिक वर्षको बजेट कसैको दबाब र प्रभावमा नपरी बनाएकाले जनतामुखी भएको समेत दाबी गरेका थिए ।

उनले विराटनगरको चक्रपथ निर्माणमा सरकारले ध्यान दिने भन्दै उद्योग, व्यापार एवं व्यवसाय प्रवर्द्धनमा सरकारको साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी