काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले, सामुहिक प्रयासले मात्रै बीमा क्षेत्रको व्यवस्थित विकास सम्भव रहेको बताएका छन् । काठमाडौंमा एशियन इन्स्योरेन्स मीट २०२३ लाई सम्बोधन गर्दै डाक्टर महतले राष्ट्रको विकासका लागि विकसित वित्तीय प्रणाली महत्वपूर्ण हुने भन्दै उनले त्यसका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका हुन् ।
उनले भने ‘ सहज बीमा क्षेत्र निर्माणको प्रयासमा सहकार्य र नवीनता महत्पूर्ण पाटो हो । नियामकहरू, बीमाकर्ताहरू, पुनर्बीमा, र सहजकर्ताले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन सामुहिक प्रयाय गर्नुपर्छ ।’
वित्तीय साक्षरता बढाउन र बीमामा आम नागरिकको पहुँच बढाउन लचिलो जीवन बीमा बजार आवश्यक रहेको उनको भनाई छ । ‘हामी एक महत्वपूर्ण मोडमा उभिएका छौं जहाँ हामी परम्परागत र नयाँ दुवै जोखिममा अभूतपूर्व वृद्धि देखिरहेका छौं।’ उनले भने ‘हामीले प्राकृतिक प्रकोप, आर्थिक अस्थिरता, साइबर खतरा र महामारीको विनाशकारी प्रभावहरू अनुभव गरेका छौं।’ यस्ता समस्या बढिरहेका बेला बीमा बजारलाई थप व्यवस्थित गर्नुपर्ने चुनौति बढेको उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्