×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ’ : सांसद लिङ्देन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ’ : सांसद लिङ्देन

Artha Sarokar

२५ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीसाधनको कर घटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै बिहिबार अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने समेत बताएका थिए । बजेट अनुदान र ऋणमा आधारित रहेको भन्दै यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने उनले जिकिर गरेका थिए ।

त्यस्तै, विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने बताउँदै यसबारेमा बजेटमा सुधार गर्नुपर्ने अध्यक्ष लिङ्देनले बताएका थिए । उनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी