काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग, व्यवसाय तथा आर्थिक विकासको क्षेत्रमा मझौला व्यवसायी महासंघको पनि महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
बुधबार साना तथा मझौला व्यवसायी महासंघ नेपालको २०औं स्थापना दिवस तथा अन्तर्राष्ट्रिय एसएमई दिवसको समुद्धघाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य हुनु जरूरी रहेको बताउँदै मन्त्री रिजालले निजी क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरू जस्तै उद्योग, व्यवसाय तथा आर्थिक विकासको क्षेत्रमा साना तथा मझौला व्यवसायी महासंघको पनि महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
महासंघले एक घर एक व्यवसायको सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा अभिप्रेरित गरेर अत्यन्तै सह्रानीय कार्य गरेको भन्दै मन्त्री रिजालले खुशी व्यक्त गरे । साना तथा मझौला व्यवसायको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार, दक्षता अभिवृद्धि, स्वदेशी वस्तुहरूको प्रवर्द्धन, व्यवसायीक वातावरण निर्माण, बजारिकरण तथा अन्तराष्ट्रिय बजारसम्मको पहुँच स्थापना गर्ने लगायतका विषयमा मन्त्रालयले प्रभावकारी भूमिका निभाउने भन्दै मन्त्री रिजालले साना तथा मझौला व्यवसायीहरुलाई आश्वस्त परेका थिए ।
साना तथा मझौला उद्योगको विकास तथा विस्तारले स्थानीय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरु सृजना गर्ने बताउनु हुदै मन्त्री रिजालले यसले मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा अगि बढ्न मद्दत पुग्ने बताए । मन्त्री रिजालले मुलुकको आर्थिक समुन्नतिको मार्गमा महासंघले सदैव सकारात्मक तथा महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ भन्नेमा आफु विश्वस्त रहेको स्पष्ट परेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्