×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी 

Artha Sarokar

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथ लिएकी हुन् । महिला सदस्यको रुपमा ढुंगानालाई १४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको थियो । ढुंगाना सामाजिक एवम् राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूनडीपीमा समेत काम गरेको अनुभव भएकी ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छिन् ।

९ माग २०७९ मा आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । तत्कालीन माओवादी-एमालेसहितको गठबन्धन भत्किएर माओवादी-कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई परेको थियो । गठबन्धन परिवर्तन पछि केही नयाँ सदस्यहरु नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन ।

यसअघि आयोगको सदस्यहरु डा. रामकुमार फुँयाल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छिन् ।

यसअघि नियुक्त भएका सदस्यहरु मध्ये डा. फुँयाललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा। बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ । डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुदका साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।

उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी