काठमाडौं । आर्थिक हिनामिना गर्ने एकता बुद्ध ऋण तथा सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । सहकारीका फरार कार्यकारी अध्यक्ष भानु शर्मा, व्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारी सी.आई.बी. को फन्दामा परेका हुन् ।
सहकारी संस्थाका उपाध्यक्ष प्रमोद कुमार न्यौपाने ,सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ, सदस्य वीर बहादुर तामाङ, होमनाथ तिमिल्सिना, ज्ञानु कुमारी राई बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परेका हुन् ।
सहकारीका कार्यकारी अध्यक्ष भानु शर्मा सहकारी मन्त्रालय अन्तर्गत सहकारी महाशाखाबाट फरार भएका थिए भने व्यवस्थापक शम्भु कार्की सम्पर्कविहीन भएका थिए ।
बुढानिलकण्ठ ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कानुनी प्रकिया अनुसार छानबिन समितिले २०७९ पुसको पहिलो हप्ताबाट छानबिनको काम सुरु गरि छानबिन सकाएर प्रतिवेदन पेश गरेको थियो । छानविनको प्रतिवेदन अनुसार एकता बुद्ध वचत तथा ऋण सहकारीको त्रुटि रहेको जवाफ छ ।
बागमती प्रदेश, हेटौडा अन्तर्गतका सहकारी मन्त्रालयबाट सो सहकारीको केश फाइल सी.आई.बी मा अनुसनधान र कारर्वाहीको लागि अगाडि बढाइएको थियो । लामो समयको अनुसन्धान पश्चात सी.आई.बी र स्थानिय प्रहरी प्रशासनको नेतृत्व र बुढानिलकण्ठ वडा ९ को जनप्रतिनिधिका उपस्थिति सहित फरार कार्यकारी अध्यक्ष भानु शर्मा, व्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारीलाई पक्राउ पर्न सफल भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्