×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनले रोकेको शैक्षिक मेला चलाउन उच्च अदालतको अन्तरिम आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बालेनले रोकेको शैक्षिक मेला चलाउन उच्च अदालतको अन्तरिम आदेश

Artha Sarokar

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोकेको शैक्षिक मेला चलाउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

नयाँ कलेज खोजिरहेका विद्यार्थीलाई लक्षित गर्दै उच्च माध्यामिक विद्यालय एशोसिएसन (हिसान)ले आयोजना गरेको शैक्षिक मेलामा महानगरले रोक लगाएपछि हिसानले मेयर शाहविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएको थियो ।

सोही रिटमाथि सुनुवाई गर्दै न्यायधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा फैसला गर्दै शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको हो । शैक्षिक मेलाले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने आदेशमा उल्लेख गरिएको छ ।

हिसानले जेठ ३२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ७५ वटा शैक्षिक संस्थाको उपस्थितिमा शैक्षिक मेला सुरु गरेको थियो । तर, एसइईको रिजल्ट नआउँदै विद्यार्थीलाई प्रलोभनमा पार्ने गरी मेला सुरु भएको भन्दै महानगरले उक्त शैक्षिक मेलामा रोक लगाएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी