काठमाडौं । प्रतिबन्धित ‘वान एक्स बेट’ मार्फत सट्टेबाजी गर्ने पाँच जना पक्राउ परेका छन् । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज गर्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गरेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दिनेश खडका, रामविलास डि.थारु, तेज बहादुर ठयात खडका, नबिन चौधरी, अनिता धिताल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका पाँच जनाको कागजातहरु प्रयोग गरी एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको पाइएको छ ।
सट्टेबाजको रकम प्रयोग गर्न उक्त सट्टेबाजीका नाईके दिनेश खड्काले ६३ वटा बैंक खाता खोली कारोबार गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोज केसीले जानकारी दिएका छन् । केसीका अनुसार ६३ मध्येका १२ वटा खातामा हालसम्म ६४ करोड बराबरको कारोबार भएको देखिएको छ ।
उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको केसीले बताए । आशिषले तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा.केसीको भनाई छ । उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको जनाएको छ ।
उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी भै रहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्