×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजी विद्यालयमा पनि आर्थिक मन्दीको त्रास, पैसा नहुँदा सिद्धिने डरले मर्जरमा जाँदै निजी विद्यालय !

PRIME CA
GLOBAL IME BANK

निजी विद्यालयमा पनि आर्थिक मन्दीको त्रास, पैसा नहुँदा सिद्धिने डरले मर्जरमा जाँदै निजी विद्यालय !

११ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आर्थिक मन्दीका कारण निजी विद्यालयहरु धमाधम मर्जरमा जान थालेका छन् । मन्दीका कारण आर्थिक रुपमा चलायमान हुन नसकेपछि विद्यालयहरु भकाभक मर्जर हुन थालेका हुन् ।

कोरोना भाइरस (कोभिड १९)का कारण थलिएका विद्यालय क्षेत्र पछिल्लो समय आर्थिक मन्दीको चपेटामा परेपछि मर्जरको विकल्प नरहेको विद्यालयका सञ्चालक तथा विद्यालय संगठनहरुले जानकारी दिएका छन् । आर्थिक रुपमा चलायमान रहन र पूर्ण रुपमा विस्थापित हुनबाट जोगिन निजी विद्यालयहरु मर्ज भईरहेको एन प्याब्सनका अध्यक्ष पाण्डव हमालले बताएका छन् ।

‘अहिले विद्यालय सञ्चालनमा धेरै कठिनाई छ । कोभिड १९ ले पारेको प्रभाव अझै निर्मुल भएको छैन । त्यसैमाथि अहिले देशमा आर्थिक मन्दीको प्रभाव कायमै छ ।’, हमालले भने, ‘अहिले आर्थिक भार व्यवस्थापन र आर्थिक रुपमा चलायमान हुनका लागि दुई वा तीनवटासम्म विद्यालयहरु मर्जमा गएका छन् । यो क्रम जारी छ ।’

हमालका अनुसार हालसम्म एन प्याब्सनमा आबद्ध देशभरका करिब २० वटा विद्यालय मर्ज भएर सञ्चालन भईरहेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा सरकारले लगानी वृद्धि गरिरहेको बेला निजी विद्यालयहरुले सोही अनुसार विद्यालयमा लगानी बढाउन नसकेपछि मर्जरको विकल्प रोज्नुपरेको निजी विद्यालयका सञ्चालकको भनाई रहेको छ । तर पनि अझै अधिकांश निजी विद्यालयहरु संकटमा रहेको विद्यालयका सञ्चालकहरुले स्वीकारेका छन् ।

यद्यपी काठमाडौं महानगरपालिकाले भने विद्यालय मर्जको कुनै पनि जानकारी आफुकहाँ नआएको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: