×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर लगानीकर्ताको माग सम्बोधन भएसँगै नेप्सेमा हरियाली, १ अर्व ६५ करोडमाथिको कारोबार

काठमाडौं । आर्थिक विधेयकमार्फत ल्याइएको कर नीति खारेजी र ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमतिसँगै आइतबार नेप्सेमा हरियाली देखिएको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल २७० कम्पनीको ४५ लाख ५७ हजार १ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट सेयरको भएको छ । यस कम्पनीको १५ करोड ८१ लाख ५४ हजार २ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबार सेयर बजारमा आइजीआइ प्रुडेनसियल इन्स्योरेन्सका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सामुदायिक लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमआइ ब्यालेन्स फण्ड-१, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल र महुली लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट सेयरको भएको छ । यस कम्पनीको १५ करोड ८१ लाख ५४ हजार २ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, चिलिमे हाइड्रोपावर, एनआइसी एशिया बैंक, सानिमा माई हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबार सेयर बजारमा १२ % आइसीएफसी लिमिटेड डेबेञ्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले घटेको हो । १२ % आइसीएफसी लिमिटेड डेबेञ्चर २०८५ मा यस्तो गिरावट आउँदा लक्ष्मी इक्युटी फण्ड, ८.५% बिओके डेबेञ्चर, सांग्रिला डेभलपमेन्ट बैंक डेबेञ्चर २०८७ र एनआइबिएल सम्वृद्धि फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: