काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६१ कम्पनीको ६५ लाख ४१ हजार ३ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको १० करोड १३ लाख १० हजार ७ सय ३४ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबार सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा खप्तड लघुवित्त वित्तिय संस्था, स्वाबलम्बन लघुवित्त वित्तिय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, सगरमाथा जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको १० करोड १३ लाख १० हजार ७ सय ३४ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, नेपाल दूरसंचार, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स र चिलिमे हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर सिद्धार्थ इक्वटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो । सिद्धार्थ इक्वटी फण्ड मा यस्तो गिरावट आउँदा सनराइज फोकस्ड इक्वटी फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, एनआइबिएल ग्रोथ फण्ड र आरबिबि म्युचुअल फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्