काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २७५ कम्पनीको ९५ लाख २८ हजार २ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५ सय १८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबार सेयर बजारमा भूगोल एनेर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिटी होटल, गुहेश्वरी मर्चेन्ट बैंक, रिलायन्स फाइनान्स, सिटिजन्स इन्भेस्टमेन्ट बैंक र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५ सय १८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल दूरसंचार कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबार ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो । आइएमई ब्यालेन्स फण्ड-१ मा यस्तो गिरावट आउँदा मेगा म्युचुअल फण्ड-१, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया सेलेक्ट फण्ड ३० र प्रभु स्मार्ट फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्