काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६ सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६६ लाख ८७ हजार २ सय ५० रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबार सेयर बजारमा विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा भूगोल एनेर्जी डेभलपमेन्ट कम्पनी, सिटि होटल लिमिटेड, हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट र बाराही हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २७ करोड ६६ लाख ८७ हजार २ सय ५० रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिष्ट्रिलरी, आइजीआइ प्रुडेन्सियल, सोल्टी होटल, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रभु स्मार्ट फण्डमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-२, युनिलिभर नेपाल, सानिमा लार्ज क्याप फण्ड र ८.५% बिओके डेबेन्चर २०८६ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्