×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो नेप्से परिसूचक, ५ अर्व १ करोडमाथिको कारोबार हुँदा नेप्से २०३७.०६ बिन्दुमा

PRIME CA

बुधबार बढ्यो नेप्से परिसूचक, ५ अर्व १ करोडमाथिको कारोबार हुँदा नेप्से २०३७.०६ बिन्दुमा

अर्थ सरोकार

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व १ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि  सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २८ करोड १७ लाख ८ हजार ८ सय ४२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबार सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सिटि होटल, भूगोल एनेर्जी डेभलपमेन्ट कम्पनी, आदर्श लघुवित्त वित्तिय संस्था, लक्ष्मी लघुवित्त वित्तिय संस्था र मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २८ करोड १७ लाख ८ हजार ८ सय ४२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिष्ट्रिलरी, नेपाल लाइफ इन्स्योरेन्स, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल दूरसंचार कम्पनी र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । राष्ट्रिय बीमा कम्पनीमा यस्तो गिरावट आउँदा मोलुङ्ग हाइड्रोपावर, शुवंम पावर, युनिलिभर नेपाल र गणपति लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: