काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९ सय ६६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३६ करोड ६४ लाख ९९ हजार १ सय ५८ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबार सेयर बजारमा नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र मेंछियम हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३६ करोड ६४ लाख ९९ हजार १ सय ५८ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, सोल्टी होटल, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल दूरसंचार कम्पनी र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबार सेयर बजारमा शुवंम पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । शुवंम पावर लिमिटेडमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-१, अभियान लघुवित्त वित्तिय संस्था, भूगोल एनेर्जी डेभलपमेन्ट र मकर जितुमाया सुरी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्