काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ७४ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २९ करोड ८२ लाख १३ हजार ५ सय ७४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबार सेयर बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा लक्ष्मी इक्वटी फण्ड, माउनटेन इनर्जी नेपाल, बिपीडब्लु लघुवित्त वित्तिय संस्था, मेंछियम हाइड्रोपावर र सिटि होटलका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २९ करोड ८२ लाख १३ हजार ५ सय ७४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल दूरसंचार कम्पनी, सोल्टी होटल, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, हाइड्रो इलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबार सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । नेपाल लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा पाँचथर पावर, अभियान लघुवित्त वित्तिय संस्था, अपर हेवा खोला हाइड्रोपावर र नयाँ सारथी लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्