काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २७१ कम्पनीको ८६ लाख ५१ हजार १ सय ६४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २३ करोड ६ लाख ४१ हजार ३ सय २७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबार सेयर बजारमा सिटि होटलका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सोल्टी होटल, बीपिडब्लु लघुवित्त वित्तिय संस्था, इङवा हाइड्रोपावर, एनआइबिएल ग्रोथ फण्ड र ओरियन्टल होटलका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २३ करोड ६ लाख ४१ हजार ३ सय २७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, हिमालयन डिष्ट्रिलरी, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर बजारमा ग्रिन भेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्रिन भेन्चरमा यस्तो गिरावट आउँदा मेंछियम हाइड्रोपावर, मानुषी लघुवित्त वित्तिय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्