काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४९ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६ सय ८७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४२ करोड ५ लाख ९९ हजार ५ सय ८५ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबार सेयर बजारमा हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बिपीडब्लु लघुवित्त वित्तिय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, माउनटेन इनेर्जी नेपाल, आशा लघुवित्त वित्तिय संस्था र मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ ।यस कम्पनीको ४२ करोड ५ लाख ९९ हजार ५ सय ८५ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, हिमालयन डिष्ट्रिलरी, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबार सेयर बजारमा सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । सुपर मादी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा विन नेपाल लघुवित्त वित्तिय संस्था, मोलुङ्ग हाइड्रोपावर, कालिन्चोक दर्शन र ग्रिन लाइफ हाइड्रोपावमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्