×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ५६.९४ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्व ४७ करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार

PRIME CA

मंगलबार ५६.९४ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्व ४७ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८०  कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको २५ करोड १२ लाख ३३ हजार ६ सय ९४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबार सेयर बजारमा निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा डिप्रोस्क लघुवित्त वित्तिय संस्था, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, ग्रामिण विकास लघुवित्त र लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार स्वाभिमान लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको २५ करोड १२ लाख ३३ हजार ६ सय ९४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोल्टी होटल, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । सिक्लेस हाइड्रोपावरमा यस्तो गिरावट आउँदा गरिमा डेबेञ्चर २०८५, राष्ट्रिय बिमा कम्पनी, सेञ्चुरी डेबेञ्चर २०८८ र बलेफी हाइड्रोपावमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: