×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार नेप्सेमा दोहोरो अंकको करेक्सन, ५ अर्व ९७ करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : १३ असार २०८०, बुधबार

PRIME CA

बुधबार नेप्सेमा दोहोरो अंकको करेक्सन, ५ अर्व ९७ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ८३ करोड ७० लाख ३६ हजार ७ सय ९१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबार सेयर बजारमा हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बिपिडब्लु लघुवित्त वित्तिय संस्था, सिटि होटल, सामुदायिक लघुवित्त वित्तिय संस्था, शुवम पावर लिमिटेड र लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ८३ करोड ७० लाख ३६ हजार ७ सय ९१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोल्टी होटल, एशियन लाइफ इन्स्योरेन्स, आइजीआइ प्रुडिन्सियल इन्स्योरेन्स र फर्स्ट माइक्रो फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर बजारमा इङ्ग्वा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । इङ्ग्वा हाइड्रोपावरमा यस्तो गिरावट आउँदा खप्तड लघुवित्त वित्तिय संस्था, तारागाउँ रिजेन्सी होटल, मकर जितुमया सुरी हाइड्रोपावर र ग्लोबल आइएमई लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: