काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा कुल २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १० करोड २६ लाख ८७ हजार ७ सय १३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहिबार सेयर बजारमा दोल्ति पावर कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा भुगल एनर्जी डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, सानिमा जीआइसी इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहिबार सेयर बजारमा सबैभन्दा बढी कारोबार आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १० करोड २६ लाख ८७ हजार ७ सय १३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमाल एभरेस्ट इन्स्योरेन्स, नेपाल दूरसंचार कम्पनी र सोल्टी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहिबार रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । रिभर फल्स पावरमा यस्तो गिरावट आउँदा खप्तड लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२ र स्वेत-गंगा हाइड्रोपवारमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्