काठमाडौं । काठमाडौंमा स्थानीय तहको अगुवाईमा सेयर तालिम सम्पन्न गरिएको छ । काठमाडौं महानगरपालिका र नेपाल सेयरधनी संघको संयुक्त आयोजनामा दुईदिने सेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयमा सम्पन्न भएको उक्त सेयर तालिममा वडा नम्बर १० का अध्यक्ष रामकुमार केसी, वडा सदस्यहरु, विभिन्न क्षेत्रसँग सम्बद्ध कर्मचारी, विद्यार्थी, गृहणी महिला, एवम् स्थानीयहरुको सहभागिता रहेको थियो । तालिमको मुख्य प्रशिक्षकका रुपमा अग्रज सेयर लगानीकर्ता सुवासचन्द्र भट्टराई र मुक्ति अर्याल रहेका थिए भने लगानीकर्ता तिलक कोइराला, अमुल्य आचार्यले सहभागिहरुमाझम सेयर अनुभव साटासाट गरेका थिए ।
त्यस्तै, उक्त तालिमलाई ग्रोथ स्कुल म्यानेजमेन्ट र आर्यतारा इन्भेष्टमेन्ट र सेक्युरिटी प्रालीको प्रविधिक सहयोग रहेको आयोजकले जनाएको छ । स्थानीय तहको अगुवाईमा सञ्चालन गरिएको उक्त सेयर शिक्षा कार्यक्रमले ठूलो जनसंख्यामा पूँजीबजारको ज्ञान पुर्याउनुका साथै पूँजीबजारप्रति साक्षरता फैलाएको विश्वास गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्