काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले कृषिजन्य उपज तथा आलु र प्याजमा लाइएको कर सुधार्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
सोही क्रममा नेता कोइरालाले सरकारले आलु, प्याज र स्याउको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा स्वदेशी उत्पादन सस्तो हुने भनेर जनतालाई झुक्याएको समेत बताएका छन् । ‘सरकारले आलु, प्याज र स्याउको आयातमा कर बढ्दा स्वदेशी उत्पादन सस्तो हुन्छ भनेर झुक्यायो ।’, उनले भने, ‘जुनसुकै वस्तुमा १३ प्रतिशत कर लागेपछि त्यो वस्तुको मूल्य सस्तो हुँदैन बरु झन् महँगो हुन्छ ।’
त्यस्तै, उनले स्वदेशी उत्पादनको मूल्य सस्तो बनाउने बाहनामा आलु, प्याजको आयातमा भ्याट लगाउने अर्थमन्त्रीको निर्णय उपभोक्ताका लागि भने न्यायिक नभएको बताएका छन् ।
योसँगै नेता कोइरालाले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आलु र प्याजमा लगाएको करका कारण नेपाली भान्सा महंगो भएकाले यसलाई तत्काल सच्याउनसमेत सरकारलाई सुझाव दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्